Wednesday, March 12, 2014

यसै गरी बिताइदिन्छु

स्वर : नारायण गोपाल


यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाइदिन्छु आफू आशुमा डुबी
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
(भीड छ म भीडमा आफूलाई बिलाइदिन्छु
बिर्सिदिन्छु आफूलाई होश म हराइदिन्छु) २
कि त लुकी यतै कतै रोइदिन्छु सुस्तरी
हाँसोमा लुटाइदिन्छु आफू आशुमा डुबी
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
(च्यातिदिन्छु आफूलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफूलाई दिनहरुको माझमा) २
गाइदिन्छु गीत आफ्नो आफूलाई नै पिई
हाँसोमा लुटाइदिन्छु आफू आशुमा डुबी
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी

No comments:

Post a Comment