Monday, March 10, 2014

माया मेरी साँझ बनी

स्वर : भक्तराज आचार्य


माया मेरी साँझ बनी डोली चढी आउछिन् २
एकान्तमा परेलीमा लुकेर निदाउछिन्
लुकेर निदाउछिन्
माया मेरी साँझ बनी डोली चढी आउछिन्
(रातभरि हराउछु डुली सपनीमा
बोलाउछिन् शीत भई हास्दै बिपनीमा) २
हास्दै बिपनीमा
दिनभरि छाया बनी अघि पछि हुन्छिन्
एकान्तमा परेलीमा लुकेर निदाउछिन्
लुकेर निदाउछिन्
माया मेरी साँझ बनी डोली चढी आउछिन्
(फेरि उही गोधुलीमा भेट हाम्रो हुन्छ
युग युगसम्म हाम्रो प्रिती दोहोरिन्छ) २
प्रिती दोहोरिन्छ
यसरी नै माया मेरी सधै मुस्कुराउछिन्
एकान्तमा परेलीमा लुकेर निदाउछिन्
लुकेर निदाउछिन्
माया मेरी साँझ बनी डोली चढी आउछिन्

No comments:

Post a Comment