Monday, March 3, 2014

हजार आँखा हेर्ने

स्वर : भक्तराज आचार्य


हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई
कसोरी म भेटूँ म देखूँ उनीलाई २
यी बाधा छिचोली अंगालूँ उनीलाई २
(उनी बोल्दछिन् गीतको भाका लिई
उनी हास्दछिन् फूलको बास्ना लिई) २
नबोल्ने को होला देखेर उनीलाई २
म बोलू कसोरी भनूँ के उनीलाई २
(बिहानीको शीतमा उनी झल्मलाउछिन्
जसै साँझ पर्छ प्रतिक्षामा हुन्छिन्) २
उनी ओठ आँखाले छुन्छिन् मलाई २
उपहार के दिउँ भनूँ के उनीलाई २
हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई

No comments:

Post a Comment