Monday, November 25, 2013

सबैले भन्थे

स्वर : अरुणा लामा

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आशुमा म फूलें २
म आफैं भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलें २
सुन्दछु मेरो यै धर्तीभित्र आफ्नै छ रगत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्‍नेले भन्थे उडेर एक दिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलें २
न घर मेरो न वन मेरो यै मनले म एक्लो
मुहार मेरो सबैको जस्तो आशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एक दिन सागर पुग्छु
दिनले हजुर खोलामै म सुकें २

जति चोट

स्वर : भक्तराज आचार्य

जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचेर राख्‍ने छु
जति आशु दिन्छौ देउ मायालु दुई आखाबाट झार्नेछु
जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचेर राख्‍ने छु

मुटुमा फुलेको विश्‍वासको फूल विवशताको हुरीले झारिदिएछ २
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठीकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु
जति आशु दिन्छौ देउ मायालु दुई आखाबाट झार्नेछु
जति चोट

बिछोडको घाउमा खाटा नबस्दै तिम्ले फेरि बद्‍नाम गर्‍यौ २
मेरो जीवनमा बहार आउने सारा मुहानहरु थुनिदियौ
ठीकै छ मायालु म जीवनभरि नै उजाड भएर बाँच्नेछु
जति आशु दिन्छौ देउ मायालु दुई आखाबाट झार्नेछु
जति चोट

जहाँ छन् बुद्धका आँखा

स्वर/सङ्गीत : भक्तराज आचार्य
शब्द : बमबहादुर थापा जिताली

जहाँ छन् बुद्धका आँखा
स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ
मेरो देश कता कता
छल्किन्छ ममता मेरो
भाव गंगा जता तता

जहाँ छन् बुद्धका आँखा

(माया नेपालको लाग्छ
नेपाली इतिहासको) २
माया प्रकृतिको लाग्छ
कला भाषा र भेषको
पुर्खाको मंत्र यो जप्छु
चौतारीमा बसी
जननी जन्म भूमिश्‍च
स्वर्गादपि गरियसी

जहाँ छन् बुद्धका आँखा

(छ ठूलो चाहाना मेरो
आमालाई हसाउने) २
सर्वोच्च शिखरबाट
विश्‍व शान्ति चिनाउने
यै प्यारो मृत्तिकामाथि
पौरखी बनीकन
पार्छु यो चाहाना पूरा
गरी देह समर्पण

जहाँ छन् बुद्धका आँखा
स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ
मेरो देश कता कता
छल्किन्छ ममता मेरो
भाव गंगा जता तता

जहाँ छन् बुद्धका आँखा