Saturday, March 15, 2014

पर्खि बसें

स्वर : नारायण गोपाल


पर्खि बसें आउला भनी
मेरो उठ्ने पालो २
कुर्दा कुर्दै जिन्दगी नै
भइ गएछ कालो कालो
भइ गएछ कालो
मेरो उठ्ने पालो
(वारि पारि अध्यारो छ
आखा खोली हेर्दा
अध्यारो नै देखिन्छ नि
आखा चिम्ली हेर्दा) २
आफ्नै छाया आफैसँग
भागी हिड्न थाल्यो २
आफ्नै माया आफैलाई
बोझ लाग्न थाल्यो थाल्यो
बोझ लाग्न थाल्यो
(तातो हावा बहिदिन्छ
मुटु पोल्ने गरी
निराशाको दियो बल्छ
दिलै जल्ने गरी) २
वर्षौ भयो चलेकै छ
मनभित्र यो आँधी २
बाध्यतामा बाँच्नु पर्‍यो
चाहानालाई बाँधी बाँधी
चाहानालाई बाँधी २
पर्खि बसें आउला भनी
मेरो उठ्ने पालो २

No comments:

Post a Comment