Tuesday, December 2, 2014

म दूर भएर के भो

स्वर/संगीत : अम्बर गुरुङ


(म दूर भएर के भो
अभिशाप छाएर के भो
यति रोए जिन्दगीमा
कि फेरि रोएर के भो) २

म दूर भएर के भो

(जति भावना छन् सबै
रित्ता छन् यति रित्ता) २
यी आवरणका जम्मै
उत्साह छन् रित्ता रित्ता

तिम्रो साथ छुटेर के भो
नयाँ हात पाएर के भो
यति खोज्छु सम्झनलाई
कि बिर्सिसकेर के भो

म दूर भएर के भो

(आफ्नै यी धड्कनहरु
भिन्न छन् यति भिन्न) २
बद्लेछु म स्वयं नै
लाचर छु स्वयं चिन्न

म उदास भएर के भो
म खुसी भएर के भो
यति विरान जिन्दगी छ
कि विरानी आए के भो

म दूर भएर के भो