Sunday, March 9, 2014

दुइटा फूल देउरालीमा

स्वर : नारायण गोपाल


दुइटा फूल देउरालीमा साथै राख्यौ जस्तो लाग्छ
कतै टाढा जादा खेरि सँगै हिड्यौ जस्तो लाग्छ
देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ
कतै टाढा जादा खेरि सँगै हिड्यौ जस्तो लाग्छ
दुइटा फूल देउरालीमा
गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
टल्किने त्यो निधारमा पसिना
सुकाइदिए जस्तो लाग्छ पात हम्की पिपलको
बिसौनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छ
कतै टाढा जादा खेरि सँगै हिडेयौ जस्तो लाग्छ
दुइटा फूल देउरालीमा
राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ
कुनै रात बसेको त्यो बासमा
ओतमुनि आकाशको छायामुनि धर्तिको
रातमुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जादा खेरि सँगै हिडेयौ जस्तो लाग्छ
दुइटा फूल देउरालीमा

No comments:

Post a Comment