Saturday, March 1, 2014

म मरे पनि

स्वर : शिवशङ्कर मानन्धर


म मरे पनि मेरो देश बाँचिराखोस्
हिमालको टाकुरामा नेपालीका पाखुरामा
चन्द्र र सूर्य अंकित झण्डा फर्फर नाँचिराखोस्
म मरे पनि मेरो देश बाँचिराखोस्
जय जन्मभूमि जय पूण्यभूमि जय वीरभूमि नेपाल २
लाली गुँरासको फूलमा मेरै रगतको रंग
डाली डालीमा झुल्दछ मेरै मनको तरंग
मेरा सारा अस्तित्व यही धरतीमा मिलेको छ
कदापि मर्दैन चाहे कसैले मुटु नै चुडि लगोस्
म मरे पनि मेरो देश बाँचिराखोस् २
मर्छु देशको निम्ति गर्दै मरि मरि काम
अर्पित गर्छु आफ्नो जीवन यो देशलाई तमाम
यही एउटा धोको छ चाह अरु केही छैन
म मरे पनि यो मेरो प्यारो हिमाल हासिराखोस्
म मरे पनि मेरो देश बाँचिराखोस् २
आफ्नो गीतहरुमा मैले कल्पना लाखौं पोखें
स्वेदशलाई माथि उचाल्ने सपना हजारौं देखें
फलोस् फुलोस् यो देश सधैं यही नै मेरो कामना
म मरे पनि यो देशले मेरो सपना साँचिराखोस्
म मरे पनि मेरो देश बाँचिराखोस् २
हिमालको टाकुरामा नेपालीका पाखुरामा
चन्द्र र सूर्य अंकित झण्डा फर्फर नाँचिराखोस्
म मरे पनि मेरो देश बाँचिराखोस् २

No comments:

Post a Comment