Tuesday, March 18, 2014

तिमी भूलमा पर्‍यौ

स्वर : अम्बर गुरुङ्ग


(तिमी भूलमा पर्‍यौ म पनि झुक्किएँ
यो भेटघाटलाई एक संगम भनी
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी) २
(प्यार हुन्छ त्यही जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ) २
हामी आवेशमा छौं धेरै नजिक नहोऊ
जुड्दैन फुटेर मन यो भने
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी
तिमी भूलमा पर्‍यौ म पनि झुक्किएँ
यो भेटघाटलाई एक संगम भनी
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी
(बेहोस त अलिक हामी दुवै नै छौं
सम्हालेनौं भने हामी दुई नै गिर्छौं) २
तिमी टाढिदैं जाउ फारिदै म जान्छु
यही भेट विशाद् कतै हुन्छ भने
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी

No comments:

Post a Comment