Saturday, March 15, 2014

प्रेयसीका यादहरु

स्वर : नारायण गोपाल


प्रेयसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेर
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आखालाई सुकाएर हेर
प्रेयसीका यादहरु
(जीवन यहाँ जता ततै संगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै) २
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै
प्रेयसीका यादहरु
(सम्झनाका छायाहरु छातीभरि धुवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै) २
बास खोज्दै उड्दै हिड्ने सिमलको भुवा जस्तै
प्रेयसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेर
प्रेयसीका यादहरु

No comments:

Post a Comment