Thursday, July 3, 2014

ऋतुहरूमा तिमी

रचना: राजेन्द्र थापा
सङ्गीत: राम थापा
स्वर: अरुण थापा


ऋतुहरूमा तिमी हरियाली बसन्त हौ
नदीहरूमा तिमी हो पवित्र गंगा हौ

(निर्दोष छन् ती तिम्रा हत्केलाहरू
तर मायाले भरिएका छन् औलाहरू) २
पवित्र छन् तिम्रा लाजका गहना २
तर चाहनाले भिजेका छन् ओठहरू

हावाहरूमा तिमी शीतल पवन हौ
नदीहरूमा तिमी हो पवित्र गंगा हौ

(प्रकृतिले मलाई जन्म दिएकी
तिम्रो सिउँदोमा सिन्दुर भर्न) २
सरस्वतीले कलम थमाएकी २
तिम्रो सुन्दरताको सधैं बयान गर्न

फूलहरूमा तिमी कोमल गुलाब हौ
नदीहरूमा तिमी हो पवित्र गंगा हौ