Monday, March 17, 2014

हिमाल सरि

स्वर : नारायण गोपाल / अरुणा लामा


हिमाल सरि म अग्लिरहेछु समात समात समात मलाई
बादल सरि म पग्लिरहेछु सम्हाल सम्हाल सम्हाल मलाई) २
यी तारा कति छन् म गन्न सकुला २
तर तिम्रो माया कति छ नसोध
जहाँ बरले पिपल अंगालेर बस्छ २
तिम्रो मेरो साइनो त्यतैतिर खोज त्यतैतिर सोध
दुलही सरि म रंगी रहेछु उचाल उचाल उचाल मलाई
बादल सरि म पग्लिरहेछु सम्हाल सम्हाल सम्हाल मलाई
म खोली बनेर सुस्तरी आउला २
तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रा सारा तृष्णा मै मेटिदिउला २
मलाई तिमीमै समेटिन देउ समेटिन देउ
आकाश सरि म फैलिरहेछु अंगाल अंगाल अंगाल मलाई
बादल सरि म पग्लिरहेछु सम्हाल सम्हाल सम्हाल मलाई
हिमाल सरि म अग्लिरहेछु समात समात समात मलाई
बादल सरि म पग्लिरहेछु सम्हाल सम्हाल मलाई
सम्हाल सम्हाल सम्हाल मलाई २

No comments:

Post a Comment