Wednesday, April 15, 2015

आमा भएर

स्वर: तारादेवी
रचना: चाँदनी शाह


आमा भएर बोकिहेर सन्तानका पीरहरू
आमा भएर बाढिहेर सन्तानका खुसीहरू
सन्तानका खुसीहरू
आफ्नो लागि त सबै बाँच्दछन् ... यस लोकमा
अरूको लागि बाँचिहेर सन्ताप अनि दुःखमा
सन्ताप अनि दुःखमा

एक पल्ट नियाली हेर आमाका दुवै आँखामा २
बुझ्न खोज त्यसमा लुकेका दुःख सुस्केराहरू
एक पल्ट अडेर हेर आमाको सङ्गो मनमा
छुन सक त्यसमा उर्लेका माया ममताहरू
आमा भएर बोकिहेर

धर्ती भई एक चोटि सहिहेर अरुले कुल्चेको २
आगो भई एक चोटि बलिहेर अरुले तापेको
आकास भई फैलाई हेर मायाको ओढ्ने
पवन बनेर फिजाई हेर स्नेहको बिच्छ्यौना
आमा भएर बोकिहेर