Thursday, August 28, 2014

अल्झेछ क्यारे

शब्द: भूपि शेरचन
सङ्गीतः गोपाल योञ्जन
स्वर: नारायण गोपाल



अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा २
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

आउँछ कि चेली भनेर आमा दोबाटो धाइथी २
तीजमा पनि बिर्सेछ क्यारे गरिब माइती
सल्लाझैँ आमा सुसाइरहिन् २
एकलै कोठामा - अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

छोरीलाई आशिष् हाल्न पाइनन् अन्तिम कालैमा २
भन्थे नि बाबाले आँशु झारी टीकाको थालीमा
त्यही आँशु टीका पठाइदिऊँ कि २
प्रवासको पातैमा - अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

भन्थे नि दाइले भाइटिकामा बहिनी फर्केला २
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
दिनभरि काग कराइरह्यो २
बेलको ठुटामा - अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

Sunday, August 17, 2014

करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल

स्वर: सरोज गोपाल/अरुण थापा/बाबा राणा/रचना जि सि
रचना: नवराज केसी
संगीत सरोज गोपाल


करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल
न तिमी हुन्थ्यौ न म नै हुन्थे नभए नेपाल
हो ...
करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल

चौतारी मेला रोदी र भैलो नेपाली कण्ठले
रमाइलो पार्दै यो फूलबारी छत्तिसै वर्णले
मेचीको लहर उर्लेर माया पूर्वमा लाउँछ
कालीको छाँगा सन्देश फेरि पश्चिममा गाउँछ
हो ...
दुई कोटी नजरहरूको एउटै नानी यो नेपाल २

हो ...
न सगरमाथा न धौलागिरि नभए नेपाल
करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल

यै लेकमाथि गुँरास फुल्दा देउराली भन्दछ
लाखौको आशा श्रम र सीप बेसीमा फल्दछ
यो देश हुन्छ धर्तीमा एउटा नेपाली भइन्जेल
यो जाति हुन्छ चन्द्र र सूर्य संसार रहिन्जेल
हो ...
सीताको माइतीको वीर भूमि बुद्धकोनेपाल
न फेवा रारा न यति डाँफे नभए नेपाल

हो ...
करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल २
ढुकढुकी नेपाल २

Friday, August 15, 2014

नक्कलीलाई भगाई लग्यो झिल्केले

स्वर: सरोज गोपाल


(नक्कलीलाई भगाई लग्यो झिल्केले
झिल्केलाई ताल पर्‍यो
तिमी हामी सोझालाई फ्वाक्कैमा गाल पर्‍यो
नक्कलीलाई भगायो झिल्केले) २

पहिलेदेखि हामरो माया प्रीति थियो रे
विन्द्येवासिनी थानैमा औठी चिनो दियो रे
न त कैले भेटेको न त कैले देखेको
त्यै मोरी नक्कलीलाई मुहानी लगाइदियो रे

दिन दशा लागेर हो कि अचम्मै के यस्तो चाल पर्‍यो
तिमी हामी सोझालाई फ्वाक्कैमा गाल पर्‍यो
नक्कलीलाई भगायो झिल्केले

तिमी हामी भनेसि हुरुक्कै तिनी हुन्थिन् रे
दुई चार दिन कतै गए सम्झी सम्झी रुन्थिन् रे
पराईले गाँउदा दुवै कान थुन्थिन् रे
हामीले गायो भने निन्द्रामा पनि सुन्थिन् रे

के यस्तो देख्नु पर्‍यो अचम्मै कसले पो जाल गर्‍यो
तिमी हामी सोझालाई फ्वाक्कैमा गाल पर्‍यो
नक्कलीलाई भगायो झिल्केले

नक्कलीलाई भगाई लग्यो झिल्केले
झिल्केलाई ताल पर्‍यो
तिमी हामी सोझालाई फ्वाक्कैमा गाल पर्‍यो
नक्कलीलाई भगायो झिल्केले २

Saturday, August 9, 2014

कति अनौठो छ मानिसको जिन्दगी

स्वरः दिपक खरेल

कति अनौठो छ मानिसको जिन्दगी २
कहिले बलेको आगो कहिले बगेको पानी
आगो र पानी रहेछ मानिसको जिन्दगी
कति अनौठो छ मानिसको जिन्दगी

जिन्दगी उडेको हुन्छ चाहनाको भुमरीमा २
संघर्षको हुरीमा २
कति भिन्न हुन्छ मानिसको सपना र विपना
कहाँ सपनाको हाँसो कहाँ विपनाको आशु
हाँसो र आशु रहेछ मानिसको जिन्दगी
मानिसको जिन्दगी

कति अनौठो छ मानिसको जिन्दगी

एउटा खुल्ला किताब हूँ म

स्वरः डेजी बराइली


एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ
अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ
एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ

बेमौकाको बादलसरि कति चोटि फाटिदिएँ २
जसले मलाई पूजें भन्थ्यो उसकै पनि उपहास पाएँ २

एउटा खुल्ला चिठी हूँ म तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि बेकार सम्झी फाले हुन्छ

एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ

निष्ठुरीको आस्थाबाट कति चोटि टुक्रिसकें २
जसले मलाई सबथोक ठान्थ्यो उसकै पनि म रेत भएँ २

एउटा सादा कागज हुँ म तिमीले पनि लेखे हुन्छ
अरुले जस्तै लेखे पछि अनर्थ सम्झि मेटे हुन्छ

एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ