Tuesday, March 25, 2014

यात्रा त्यही

स्वर : अम्बर गुरुङ्ग


(यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
पहाड मधेस र भन्ज्याङ त्यही
बास बस्ने परदेसी हुन्न उही) २
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
(ठाउँ पनि त्यही हो त्यही हो नाम
त्यही छ डाँडामा अस्ताउने घाम) २
लामो छ खोलाको बगर त्यही
पुल तर्ने त्यै जोडी हुन्न फेरि
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
(वैंशको लालीमा प्रिया उस्तै
आँखामा सुराको मस्ती तेस्तै) २
गुन्जछ प्रीतको गीत फेरि पनि
प्रीत लाउने हामी चै हुन्नौं फेरि
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
(बैशाख र आकाश छ मौसम त्यही
हिउँ पर्छ डाँडामा फेरि पनि) २
साउन ल्याउने छ झरी त्यही
ओत लाग्ने त्यै यात्री हुन्न फेरि
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
पहाड मधेस र भन्ज्याङ त्यही
बास बस्ने परदेसी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि

No comments:

Post a Comment