Saturday, March 8, 2014

उकाली चढ्दा

स्वर : अम्बर गुरुङ


(उकाली चढ्दा पसिना पुछ्‌ने
तिमी नभए अरु को होला
मर्मलाई बुझ्ने तिमी एक मेरो
तिमी नभए अरु को होला) २

(अरुले मलाई धुत्कारि दिदाँ
मायाले मलाई छातीमा टास्ने) २
कसैले सोधे को तेरो भनी २
जवाफ तिमी बाहेक को होला
तिमी नै सोच मेरो को होला

जंह्रार तर्न हात समाउने
तिमी नै हौ त्यो अरुको होला
तिमी नभए ठूलो संसारमा
आफन्त भन्नु अरु को होला

(लान्छना धेरै धेरैले गरे
कतिले अमृत भनी विष घोले) २
त्यसरी आफ्नो कोही नहुँदा
सहारा तिमी नभई को होला
तिमी नै भन मेरो को होला

उकाली चढ्दा पसिना पुछ्‌ने
तिमी नभए अरु को होला
मर्मलाई बुझ्ने तिमी एक मेरो
तिमी नभए अरु को होला
अरु को होला ४

No comments:

Post a Comment