Monday, March 17, 2014

भनिदेऊ

गोपाल योञ्जन


भनिदेऊ भनिदेऊ
भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍यो २
मलाई पनि नेपाली गीत गाउन मन लाग्यो
भनिदेऊ
तिम्रा जरा हाँगा फूल अनि पात कहाँ पर्‍यो
तिम्रा जरा हाँगा पात अनि फूल कहाँ पर्‍यो
मलाई पनि सबैको मन केलाउन मन लाग्यो
भनिदेऊ
(भन्छन् सबै नै हामी लड्न पोख्त छौं अरे
खुकुरीको धारमा शत्रु वर्ण जोख्दछौं अरे) २
भनिदेऊ
भनिदेऊ तिमीले युद्धमा कुन कुन नगर जित्यौं भनिदेऊ
कुन कुन नगरको कुन बगरको कुन सगर जित्यौं भनिदेऊ
मेरो वीरहरुले हाँकेको नगर कहाँ पर्‍यो भनिदेऊ
मेरो वीरले खुँडा धोएको बगर कहाँ पर्‍यो
नेपाली कुन गनाउने नालापानी कहाँ पर्‍यो २
मलाई पनि त्यहीको पानी पिउन मन लाग्यो भनिदेऊ
(हामी वीर हौं अनि वीरका सम्मान गर्छौं रे
स्वदेशको लागि मर्दछौं अनि मार्दछौं अरे) २
भनिदेऊ
भनिदेऊ केको धावामा बलभद्र वीर मर्‍यो भनिदेऊ
किनारको ? कहाँ बिचरा भीमसेन मर्‍यो भनिदेऊ
पहिलो र दोश्रो महासमरका तीर कता पर्‍यो भनिदेऊ
ती विधुवा अनि टुहुराका आश्रम कहाँ पर्‍यो
नेपाल तारा देखिने सगर कता पर्‍यो
नेपाल तारा देखिने सगर कहाँ पर्‍यो
मलाई पनि तेही कतै हराउन मन लाग्यो भनिदेऊ
भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍यो
मलाई पनि नेपाली गीत गाउन मन लाग्यो
तिम्रो जरा हाँगा फूल अनि पात कहाँ पर्‍यो
मलाई पनि सबैको मन केलाउन मन लाग्यो
भनिदेऊ ३

No comments:

Post a Comment