Thursday, March 6, 2014

मैले आँखाको भाखा बुझिन

स्वर : भक्तराज आचार्य 


मैले आँखाको भाखा बुझिन
मैले हाँसो र रोदन बुझिन
तिम्रा पीर व्यथा तिम्रा मनका कथा
मैले केही पनि त बुझिन
मैले आँखाको भाखा बुझिन
(जिन्दगीको त्यो लामो घडीमा
तिमीले कहिले गुनासो गरिनौ) २
पीर हरदम नै मनमै लुकाई
मलाई निष्ठुरी कहिल्यै भनिनौ २
मैले भावना तिम्रो बुझिन
मैले मनको त्यो द्वन्दै बुझिन
तिम्रा पीर व्यथा तिम्रा मनका कथा
मैले केही पनि त बुझिन
मैले आँखाको भाखा बुझिन
(तिम्रो जीवनकथा नै नसुनी
मैले आफ्नै बिलौना सुनाए) २
तिम्रो आँखाको आशुलाई मैले
मेरो मायाले टल्केको सम्झें २
मैले आशुको अर्थै बुझिन
हृदयको त्यो मर्मै बुझिन
तिम्रा पीर व्यथा तिम्रा मनका कथा
मैले केही पनि त बुझिन
मैले आँखाको भाखा बुझिन

2 comments: