Tuesday, March 4, 2014

साउनको झरी बनी

स्वर : नारायण गोपाल


(साउनको झरी बनी तिमी आऊ न
मेरो मनको अधेरीमा जुन छाऊ न)२
हो ...
बाफिएर आज हिमाल किन रोएछ २
कता कता मनभित्र घाउ दुखेछ
बिहानी भो किरणसँगै तिमी आऊ न
छातीभित्र मुटु बोल्छ तिमी आऊ न
मेरो मनको अधेरीमा जुन छाऊ न
साउनको झरी बनी
हो ...
निसासेको पारी पाखा कति धुमैलो २
डुब्दै जाने घामले हो कि डढेलो लागेको
भन्ज्याङ्ग अनि पाखा भन्छ तिमी आऊ न
फूलहरु रोई भन्छ तिमी आऊ न
मेरो मनको अधेरीमा जुन छाऊ न
साउनको झरी बनी

No comments:

Post a Comment