Wednesday, February 26, 2014

गाजलुले आखै छोप्ने

हिमालयन ब्यान्ड


(गाजलुले आखै छोप्ने
क्ये राम्री मेरी मायालु
वैशले चटक्क पारेकी) २
(बादलुलाई छुन खोज्ने
जुनकेरी हुन खोज्ने
अन्धेरीलाई जित्‍न खोज्ने) २
मायालुको बाटो हेर्दै
पिरतीको माला बुनी
पहिराउन कसरी जाने हो
ढाका सारी पाइताला छेक्ने
क्ये राम्री मेरी मायालु
पहाडमा खेलेर हुर्केकी
गाजलुले आखै छोप्ने
क्ये राम्री मेरी मायालु
वैशले चटक्क पारेकी
(व्यथै टाढा नजाउ हजुर
माया छाडी नजाउ हजुर
मायालुले भन्छ मलाई) २
अंगालोमा बसेर मीठो हाँसो हासेर
लैजाउ साथ भन्छ नि मलाई
रातो लाछीले कपाल बाटी
क्ये राम्री मेरी मायालु
मेरै निम्ति मात्र हो हासेकी
गाजलुले आखै छोप्ने
क्ये राम्री मेरी मायालु
वैशले चटक्क पारेकी
पहाडमा खेलेर हुर्केकी

मेरै निम्ति मात्र हो हासेकी

भुलेका कथा

स्वर : अरुण थापा

भुलेका कथा तिता मीठा २
सादा कागजको पानामा तब देख्छु
जब म गीत गाउन थाल्छु २
भुलेका कथा तिता मीठा
सम्झनामा सधै चोट बल्झिदिन्छ
यादहरुका लहरहरुले २
बिर्सिसकेको कथाहरु दोह्याइदिन्छ
जब म गीत गाउन थाल्छु २
भुलेका कथा तिता मीठा
नीरवतामा त्यसैमा झस्किदिन्छ २
भावनाका लहरहरुले २
भत्किसकेको शून्य महलमा डोर्‍याउछ
जब म गीत गाउन थाल्छु २
भुलेका कथा तिता मीठा

म रोएँ पनि

स्वर : अरुण थापा


म रोएँ पनि तिमी हाँसिदिनु २
यो झरिजाने जिन्दगीदेखि पन्छिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु
(कैलेकाही ती मिलनका यादहरु आए भने
सपना सम्झी त्यसलाई बिर्सिदिनु) २
(म त यस्तै नै भए त्यसै सस्तो भए
तिमी मूल्यवान् बनिदिनु) २
म रोएँ पनि तिमी हाँसिदिनु
(कतै ती बेहोसिएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु) २
(संजोग हाम्रो बिझाउने भुल भए
त्यसमा नगहिरिदिनु) २
म रोएँ पनि तिमी हाँसिदिनु
यो झरिजाने जिन्दगीदेखि पन्छिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु

Friday, February 21, 2014

लाग्न थाल्यो

स्वर : अरुण थापा


(लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
हो... फक्रिएर बसन्तमा झर्ने फूल जस्तो
झर्ने फूल जस्तो) २
आफू खोज्छु २
बिर्सिदिन गहराएबाट
आफू खोज्छु बिर्सिदिन गहराएबाट
बिपनामा बिर्से पनि सपनीमा आउछ याद
मुटु मेरो
मुटु मेरो जलाइदिने उनको बानी कस्तो
फक्रिएर बसन्तमा झर्ने फूल जस्तो २
झर्ने फूल जस्तो
भनिदेउ
भनिदेउ अझै पनि केही थाहा भए २
पोखिदेउ अझै पनि मुटुभित्र चाह भए
सम्झिल्याउदा
सम्झिल्याउदा पत्थर जस्तो दिल रैछ कस्तो
फक्रिएर बसन्तमा झर्ने फूल जस्तो २
झर्ने फूल जस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
हो... फक्रिएर बसन्तमा झर्ने फूल जस्तो
झर्ने फूल जस्तो २

आँखाको निंद

स्वर : अरुण थापा


आँखाको निंद खोसी लाने
हृदयको तंरग छेडी जाने
तिमीलाई के सजाय दिउ
कि सधैलाई बाँधी दिउ
आँखाको निंद खोसी लाने
बहकिदै थिएँ मद्होस् भएर २
थामिएछु तिम्रो आभास पाएर २
मोहनी मन त तिम्रै नाम भनी लेखिदिउँ
आँखाको निंद खोसी लाने
हृदयको तंरग छेडी जाने
तिमीलाई के सजाय दिउ
कि सधैलाई बाँधी दिउ
निरस निरस थिए यी मेरा आँखाहरु २
रसिएछन् तिम्रो मुस्कान पाएर २
भन्छौ नै भने परेलीभित्र लुकाइदिउँ
आँखाको निंद खोसी लाने
हृदयको तंरग छेडी जाने
तिमीलाई के सजाय दिउ
कि सधैलाई बाँधी दिउ
आँखाको निंद खोसी लाने

Thursday, February 20, 2014

साँझको जूनसँगै

स्वर : अरुण थापा


साँझको जूनसँगै आउछौ तिमी भनेर २
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउछौ तिमी भनेर
सजाइरहन्छु सपनाहरु हृदयभरि उमंग लिएर २
तर तिमीले बिर्सिदियौ चोखो मिलन मायाका कथाहरु
साँझको जूनसँगै आउछौ तिमी भनेर २
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउछौ तिमी भनेर
हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आखा छोपेर २
चुडियो मुटु भागीदियौ प्रीतको सपना गैदियौ छोडेर
साँझको जूनसँगै आउछौ तिमी भनेर २
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउछौ तिमी भनेर

Saturday, February 15, 2014

चिठ्ठी तिमीलाई

स्वर : शम्भु राई


चिठ्ठी तिमीलाई लेखूँ भन्छु मनको कुरा मनमै रह्यो २
सम्झनाले सताइरह्यो यो आखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो
चिठ्ठी तिमीलाई लेखूँ भन्छु मनको कुरा मनमै रह्यो
मनको कथा लेखूँ भने अधुरो नै रहन्छ कि २
यो आखाले टोलाइरहे बादल आई छेकिन्छ कि
कुन शब्दले लेखूँ त्यस्तो नबिझाउने काँडा जस्तो
चन्द्रमा झै मुस्कान तिम्रो
चिठ्ठी तिमीलाई लेखूँ भन्छु मनको कुरा मनमै रह्यो
फूल टिपी दिऊ भने शिरमा नलाई ओइलिन्छ कि
माया भनी बोलाउ भने गाली कतै पाइन्छ कि
मनमा के छ कुरा तिम्रो बोलाऊ भने छैन साइनो
मनको कुरा मनमै रह्यो
चिठ्ठी तिमीलाई लेखूँ भन्छु मनको कुरा मनमै रह्यो
सम्झनाले सताइरह्यो यो आखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो ४

नआऊ जुन

स्वर : मानिक रत्‍न


नआऊ जुन कोठामा राति मसँग लडिन
कसैको भइसकेको मन सक्दैन बाँडिन
सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी
तर दिऊ कसरी कसैको नासो म्वाइको निशानी
हुर्कन्न माया छातीमा रोपेर मुस्कानले गोडेर
स्वर्गमै जाऊ मलाई पछ्याउन छोडेर
नजिन सर्दै सर्दै नआऊ मसँग टाँसिन
उजेली बन्दै अधेरी बन्दै लुकामारी खेलेर
नखोज भाड्न मनको शान्ति नर्लज्ज चलेर
म श्‍वास पनि उनकै फर्छु बिउँझदा निदाउँदा
प्रेमको हत्या कसरी गरुँ तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआऊ जुन कोठामा राति मसँग लडिन

Friday, February 14, 2014

कही फेरि नभेट्ने

स्वर : शान्ति ठटाल


(कही फेरि नभेट्ने सोचेको तिमी मैले
अनि फेरि नबोल्ने कारण तिमी मेरो) २
त्यो तस्विर केवल हामी माझको २
प्रीतको आकार नबनी मेटिने २
त्यो सोचाइ एकै छिनको बिसौनीको २
दोहोरो बल्झिरहनु नपर्ने
कही फेरि नभेट्ने सोचेको तिमी मैले
अनि फेरि नबोल्ने कारण तिमी मेरो
ती आशा निराशा हामी दुई २
सपनाको परिभाषा पनि दुई २
ती बन्धन र खोक्रो हृदयहरु २
विश्‍वासहीन मोहले बनेको
कही फेरि नभेट्ने सोचेको तिमी मैले
अनि फेरि नबोल्ने कारण तिमी मेरो

Thursday, February 13, 2014

जन्मिदा एक्लै

स्वर : कर्णदास



जन्मिदा एक्लै मर्दा नि एक्लै २
बीचमा किन साथी चाहियो र
साथी साथी भन्दा भन्दै
भने जस्तो साथी नै कहाँ पाइयो र
जन्मिदा एक्लै मर्दा नि एक्लै
जहाँ चोट लाग्दा पनि
मन खुलाई रुन सकिन्न
मुटुले कसैको मुटु छुन सकिन्न
त्यहाँ चोटको अर्थ खोज्न नसकिने भो
हुँदा साथको एक्लोपन रोज्न नसकिने भो
जन्मिदा एक्लै मर्दा नि एक्लै
जहाँ सत्य लुकाएर झुठको साथ लिनु पर्छ
जीवनको परिभाषा अभिनयमा दिनुपर्छ
यो झुठको जीवनमा हास्न नसकिने भो
नाम मात्रको आसमा बाच्न नसकिने भो
जन्मिदा एक्लै मर्दा नि एक्लै २
बीचमा किन साथी चाहियो र
साथी साथी भन्दा भन्दै
भने जस्तो साथी नै कहाँ पाइयो र
जन्मिदा एक्लै मर्दा नि एक्लै

Wednesday, February 12, 2014

एक्लो रातले बताउँछ

स्वर : कर्णदास


एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी २
चिसो रातले बताउँछ कस्तो हुन्छ विधवाको बिरानी
एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी
झुपडीलाई न्यानो पार्ने कसोरी उर्लिआउने सिरेटोले भनिदिन्छ २
पाइला चल्दैछ किन कही पुग्दैन नटुङ्गिने गोरेटो भनिदिन्छ २
छोटो रातले बताउँछ किन झुल्किन्छ गरिबको बिहानी
चिसो रातले बताउँछ कस्तो हुन्छ विधवाको बिरानी
एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी
न्यौली कहाँ गयो कोइली किन बोल्दैन शहरको कोलाहलले भनिदिन्छ २
मान्छे के भयो किन कोही हाँस्दैन फर्फराउने झण्डाहरु बोलिदिन्छ २
शून्य रातले बताउँछ एउटै भो हैन सपनी र खरानी
चिसो रातले बताउँछ कस्तो हुन्छ विधवाको बिरानी
एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी २

Saturday, February 8, 2014

ती आखाहरु

स्वर : दिपक खरेल


ती आखाहरुभित्रको उज्यालो मन पर्छ २
ती चंचलपना मन पर्छ ती चुलबुलेपना मन पर्छ
ती आँखाहरुभित्रको उज्यालो मन पर्छ
ती हाँस्ने ओठहरु मन पर्छ मन पर्छ २
त्यसैमै बाँधिन झनै मन पर्छ २
ठट्यौलो तिम्रो बानी अझै अझै झनै मन पर्छ
ती आँखाहरुभित्रको उज्यालो मन पर्छ
नशा चढाई अनायासमै मातले मातले २
दुनियाँ बिर्सन झनै मन पर्छ २
आफ्नो खुशीलाई सबैको खुशी ठान्न झनै मन पर्छ
ती आँखाहरुभित्रको उज्यालो मन पर्छ
ती चंचलपना मन पर्छ ती चुलबुलेपना मन पर्छ
ती आँखाहरुभित्रको उज्यालो मन पर्छ

Friday, February 7, 2014

प्रतिक्षा गर मेरी मायालु

स्वर : दिपक खरेल


प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ २
कहिले हसाउँछ कहिले रुवाउँछ
आशु र हासोको संगम पनि गराउँछ
पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर २
झस्कन्छन् कति सपनासँग २
विपना हो कि भनेर २
धैर्य गर मेरी प्रयसी
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ
उर्लन्छन् कति खोलाहरु फर्किने आशा लिएर २
तर्सन्छन् कति प्रेमीसँग २
धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ
कहिले हसाउँछ कहिले रुवाउँछ
आशु र हासोको संगम पनि गराउँछ
प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ

Saturday, February 1, 2014

नेपालीले माया मार्‍यो बरि लै

स्वर/संगीत/शब्द : धर्म राज थापा


नेपालीले माया मार्‍यो बरि लै
नेपालीले माया मार्‍यो बरि लै २
जन्मेको देशलाई नेपाली भेषलाई २
नेपालीले माया मार्‍यो बरि लै
हिडेको बाटो बारीको माटो
हसियाँ नाम्लो मकैको आँटो
वनको सिठी मेलाकी ठिटी
ऐंसेलु दाना दिउँसोको खाना
नेपालीले माया मार्‍यो बरि लै
मागेर डुल्छन् आतका भाइ
अरुकै निम्ति लड्दछन् दाइ
रोप्दैछौं हामी काट्दैछौं हामी
दाइँ हाल्छ अर्कै पाखाकै आई
नेपालीले माया मार्‍यो बरि लै
दार्जिलिङ आसाम बर्माको गोठमा
भाक्सुर सिम्ला लासा औ भोटमा
भै चौकिदार गोठाला कुल्ली
जिन्दगीभर पर्देश मै हल्ली
नेपालीले माया मार्‍यो बरि लै
अरु देश भै जागेर उठे
हाम्रो त आँखा चिम्लेर सुते
कोही देहरादुन कोही नैनीताल
कोही राँची कुर्दै बिताउछन् काल
नेपालीले माया मार्‍यो बरि लै
कुवाको पानी मिलेर पिउँला
आमाको छाती कोरेर जिउँला
बिरानो देशका लागेका भाइ
फर्केर हेरिदेऊ नेपाललाई
नमारीदेउ माया प्रीति बरि लै
जन्मेको देशलाई नेपाली भेषलाई
नेपालीले माया मार्‍यो बरि लै २

आज मादल बजेको किन

स्वर/संगीत/शब्द : धर्म राज थापा


आज मादल बजेको किन
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२
सानु सानु रानी चरी लेकैबाट झर्‍यो
पल्ला गाउँको नौलो भाका पल्ला गाउँमा सर्‍यो
पर्देशीले खोला तर्‍यो हुँदै दोभानीमा
बैंश चढ्यो लालुपाते फूलको जवानीमा
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२
रातो सेतो गुराँसी त लेकैमाथि फुल्यो
सात रङ्गी इन्द्रेणीको नयाँ बाटो खुल्यो
घाम गए पर परै छाया खसालेर
माया फर्क्यो वर वरै प्रीति अंगालेर
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२
पात झर्‍यो फूल छैन गोलैचीको रुख
मुस्कान मर्‍यो आशु छैन अधेरै छ मुख
खन्याएर सकिदैन हृदयको रस
मेरो राजै यो देशको माया गरी बस
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२
मोहनीले घरको माया पर लान हैन
दुःख सुख झन्झटले भागी जान हैन
अर्कैको भाग्यतिर लोभिएर हैन
इष्ट मित्र बन्धुसित तोडिएर हैन
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)३