Tuesday, December 31, 2013

माया गर्ने बानी

नेपथ्य
एल्बम: रेशम


माया गर्ने बानी उल्टै गर्छ हानी
छुटिदैन केही गर्दा पनि लागेको बानी २
माया गर्ने बानी

छोडी देऊ बितेका कुरा आउने दिनको ख्याल गर २
कोही हुँदैनन् बाटो देखाउने आफ्नो भर आफैं पर २

माया गर्ने बानी उल्टै गर्छ हानी
छुटिदैन केही गर्दा पनि लागेको बानी २
माया गर्ने बानी

के ठेगान यो जिन्दगीको भरोसा आज कि भोलि
फर्की आउदैनन् सम्झेर कोही बोल दिल खोलेर सोची २

माया गर्ने बानी उल्टै गर्छ हानी
छुटिदैन केही गर्दा पनि लागेको बानी २
लागेको बानी ३

Wednesday, December 18, 2013

जिन्दगीको पानाभरि

जिन्दगीको पानाभरि सुख भेटिदैन २
के भो यस्तो मलाई लौ न बुझिदेऊ २
मनको आसा पुर्‍याउने फूल फुलाइदेऊ
व्यथा लुक्छ शून्यभित्र हेर्दा देखिदैन
मुखमा ल्याई भन्न खोज्दा बोल्न सकिदैन
जिन्दगीको पानाभरि सुख भेटिदैन

जीवनमा एउटै मेरो इच्छा अल्झिरैछ
हृदयको नशा नशा संचार भइरैछ
चाहानामा अल्झाउने तार छिन्नसक्छ
हेरी ल्याए जिन्दगीमा व्यथा दिनसक्छ
जिन्दगीको पानाभरि सुख भेटिदैन

बीच नदीको यो भुमरीमा

स्वर : फत्तेमान राजभण्डारी


(बीच नदीको यो भुमरीमा
जीवन नाउ पर्न गयो
न त वारी भएँ
न त पारी गएँ
अब के हुने अलमल भयो) २
हुन हार भयो अनुहार गयो
मन बज्र परिकन जीर्ण भयो
मुटुका चिरा अन्गिन्ती भए २
छरिएर सबै बिगिर्न भयो
न त वारी भए
न त पारी गए
अब के हुने अलमल भयो
अब के छ र बाँकी सबै हुनु गो
जे नहोस् भनेर पुकार थियो
तन मात्र यहाँ मन पुग्छ कहाँ २
अब खाली निराश शेष रह्यो
न त वारी भए
न त पारी गए
अब के हुने अलमल भयो
कति बल्नु बल्यो
अति जल्नु जल्यो
सब भष्म बनेर दगिगयो
जति आस थियो विश्‍वास थियो २
सबै धुवा भएर उडी गयो
न त वारी भए
न त पारी गए
अब के हुने अलमल भयो
मति मन्द भए उन्मत भए
फिझि जगल्टा छाती फुटाए
अन्तर्दाह भई चिता चिताँए २
तैपनि किन यो प्राण रह्यो
न त वारी भए
न त पारी गए
अब के हुने अलमल भयो
बीच नदीको यो भुमरीमा
जीवन नाउ पर्न गयो
न त वारी भए
न त पारी गए
अब के हुने अलमल भयो
बीच नदीको यो भुमरीमा
जीवन नाउ पर्न गयो

Tuesday, December 17, 2013

जिन्दगीको के कुरा

स्वर : अम्बर गुरुङ्ग
एल्बम : नौ लाख तारा उदाएँ


जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
तिम्रो रुपको पनि के कुरा
मेरो गीतको पनि के कुरा
यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
तिम्रो रुपको पनि के कुरा
मेरो गीतको पनि के कुरा
यो जिन्दगीको के कुरा

(कस्तो हो यो वेदना
गीत हो कि समवेदना) २
जे भयो जे सुकै भयो
कुन तीरको यो साधना
यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
तिम्रो रुपको पनि के कुरा
मेरो गीतको पनि के कुरा
यो जिन्दगीको के कुरा

(के भयो यो जिन्दगी
कहाँ बग्छ यो जिन्दगी) २
भन्न खोज्छु म के भनूँ
यो तिम्रो मेरो जिन्दगी
यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
तिम्रो रुपको पनि के कुरा
मेरो गीतको पनि के कुरा
यो जिन्दगीको के कुरा

Monday, December 16, 2013

बिर्से पनि अरु सबै

स्वर : अम्बर गुरुङ्ग
एल्बम: नौ लाख तारा उदाएँ


बिर्से पनि अरु सबै
भेटेको त्यो रातलाई
सम्झी राख्‍नु फुर्सदमा
म सम्झन्छु तिमीलाई
सम्झी सारा जिन्दगानी
बिर्से पनि मलाई
किन म सम्झन्छु बिर्सी
बिर्सी बिर्सी तिमीलाई
बिर्से पनि अरु सबै

(बग्छ पानी पुलमुनि
त्यो पनि एक कथा हो) २
तिम्रो मेरो भेट्नु छुट्नु
नभनिने बेथा हो
लाग्दैन बाडुल्की आजकल
साच्चै भुल्यौ मलाई
दुख्दैछु बल्झेर फेरि
सम्झी सम्झी तिमीलाई
बिर्से पनि अरु सबै

(कोलाहल छ भीड छ तर
भित्र छ एक सन्नाटा) २
देख्‍ने घाउ छैन कतै
दुःखीभित्र छ खाटा
ढुङ्गा भए हुन्थ्यो बरु
सम्झन्न्थे तिमीलाई
मान्छे हुँ र मुटु जल्छ
सम्झी सम्झी तिमीलाई

बिर्से पनि अरु सबै

Sunday, December 15, 2013

नेपाली गौरव गर्छौं


स्वर : अरुणा लामा

नेपाली गौरव गर्छौं आफ्नैपनमा घमण्डी त होइनौं है
सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइनौं है
नेपाली

(आज पनि छ धामी झाक्री हाम्रै नेपाली
तर मरेको छैन ठूला ठूला वैद्य हाम्रै नेपाली) २
निधारमा नाम्लो अडाई जीवन काट्ने नेपाली
निधारमै विद्या अटाई विद्वान छ नेपाली
छातीमा माया जति पनि राख्‍न सक्ने हाम्रो नेपाली
छातीमै गोली पनि सही दिन सक्ने हाम्रो नेपाली
(रावण झैं राक्षस बन्न सक्छ हाम्रो नेपाली
तर आदर्श रामको भुलिजाने होइन हाम्रो नेपाली) २
माया गर्नेको हामी मायालु हौं नेपाली
वैरी भएमा विषालु पनि छ नेपाली
काँधमा मादल भिरी लैबरीमा नाँच्छन् हाम्रो नेपाली
काँधैमा बन्दुक भिरी लड्न पनि सक्छ हाम्रो नेपाली
नेपाली

Saturday, December 14, 2013

बतासले

स्वर : अम्बर गुरुङ्ग


बतासले झारेका फूलहरु संगाली
विरहको आशुले तिनै फूल पखाली
माला गाँसी राखे है भरे भेट्न आउँला
कर्मै आफ्नो अभागी
चोखो फूल कहाँ पाउँला २
चोखो फूल चाहिन्छ ढुङ्गाको देउतालाई
माया किन व्यर्थैमा मरि जाने मान्छेलाई
बत्ती बाल्नु पर्दैन अधेरो मै आउँला
अधेरो मै जीवन बित्यो
उज्यालो म कहाँ पाउँला २

भेटिनु छुट्टिनु

स्वर : अरुणा लामा


(भेटिनु छुट्टिनु त के हो र संसारको रीत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो) २

नदिनु साथ कसैको जब अन्तै छ मन भने २
नबाढ्नु खोक्रो कामना पापी छ मन भने
मेरो चोखो प्रेम कमाउनु नै त्यो तिम्रो जित हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो

लाग्दैन खुशी त के भयो म रुन्छु बेसकरी २
सम्पूर्ण आफू आफ्मै म हुन्छु त्यस घडी
मेरो लागि यस्ता आशु नै जीवन अमृत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो
भेटिनु छुट्टिनु त के हो र संसारको रीत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो

पोहर साल

स्वर : अरुणा लामा
शब्द: राजेन्द्र थापा
सङ्गीत: अम्बर गुरुङ्ग



(पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यस पालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो) २

सास फेरे जस्तो लाग्छ तर भन्छन् मरिसके
तेरो भाग्य यत्ति नै हो भोग चलन गरिसकेस्
सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउथें बरु तर मन सिउने केले हो
सुख के हो दुःख के हो मनले खोज्ने खुशी के हो
भावीले निधारमा कर्म लेखिदिने मसी के हो
कर्म लेख्‍ने मसी के हो भाग्य तोक्ने कसी के हो
कर्म फुटे जोड्थें बरु तर मन जोड्ने केले हो

पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यस पालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो

Thursday, December 12, 2013

मन्दिरमा छ कि


स्वर : नारायण गोपाल

मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धुलोमा माया
कोही त देखाउ कोही त बताउ
खै कहाँ छ कहाँ कहाँ छ माया २
मन्दिरमा छ कि मूर्तिमा माया
(एक अंजुली मायाको लागि
पल पल हृदय चर्कन्छ) २
सावन र भदौं बनेर आखा २
वर्षौ वर्षौ बर्सन्छ २
हाँसोमा छ कि आसुमा माया
फूलमा छ कि काँडामा माया
कोही त देखाउ कोही त बताउ
खै कहाँ छ कहाँ कहाँ छ माया २
मन्दिरमा छ कि मूर्तिमा माया
एउटी आमा जिउदै जल्छे
छोराको माया ममतामा
एउटा छोरो मरेर बाँच्छ २
आमाको सपना विपनामा २
रगतमा छ कि नातामा माया
विश्‍वासमा छ कि बाचामा माया
कोही त देखाउ कोही त बताउ
खै कहाँ छ कहाँ कहाँ छ माया २

मन्दिरमा छ कि मूर्तिमा माया

Wednesday, December 11, 2013

तिमी जुन रहरले

स्वर : नारायण गोपाल
शब्द : दिनेश अधिकारी
संगीत : दिव्य खालिङ

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधै चोट पायौ
म डुब्दो किनारा कहाँ हास्न सक्नु
व्यर्थै तिमीले मेरो हात समायौ
वैशालु ती तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरें
रक्ताम्य ती तिम्रा अधरहरुमा
न मैले कहिले खुशियाली पोतें
र शायद रिसायौ तिमीभित्र भित्रै
न भित्री ती तिम्रा खुल्दुली सोधें
रुझे हुन ती तिम्रा पलक र आखा
मसँग कहिले ईशारा नबोल्दै
रुखे हुन ती तिम्रा यौवन र भाखा
मसँग कहिले निश्‍वास नखोल्दै
र शायद सराप्यौ सधै वैंशलाई
जो शून्यतासँगै बिलाए म जस्तै
तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधै चोट पायौ

Tuesday, December 10, 2013

पोखिएर घामको झुल्का

स्वर : नारायण गोपाल
शब्द: हरिभक्त कटुवाल
संगीत: अम्बर गुरुङ


पोखिएर घामको झुल्का भरि संघारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ बोलूँ लाग्छ है
बोलूँ बोलूँ लाग्छ है

कति कति आखाहरु बाटो छेक्न आउछन् २
परेलीमा बास माग्न कति आखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आखाहरु
मलाई भने तिम्रै आखा रोजूँ रोजूँ लाग्छ है
रोजूँ रोजूँ लाग्छ है

उडूँ उडूँ लाग्छ किन प्वाख कैले पलायो २
मनको शान्त तलाउको पानी कसले चलायो
आफैलाई थाहा छैन कसलाई थाहा होला
त्यसैले त तिमीसित सोधूँ सोधूँ लाग्छ है
सोधूँ सोधूँ लाग्छ है

पोखिएर घामको झुल्का भरि संघारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
खोलूँ खोलूँ लाग्छ है

Monday, December 9, 2013

मैले पुण्य मन पराएँ

स्वर : नारायण गोपाल
शब्द : राममान तृषित
संगीत : गोपाल योञ्जन


मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ
जब फूल र काँडा दुइटा सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि टीका समाउन सक्छ
नसोध मैले वरदान या श्राप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ

तिमीसँग लिनु पनि छ तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ २

Sunday, December 8, 2013

एक्लै तिमी नआऊ

नारायण गोपाल

गल्ती हजार हुन्छन्
यहाँ होस हराएको बेला
एक्लै तिमी नआऊ
म मात्तिएको बेला २
मेरा यी हातहरुले
कही घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै
पाप पनि गर्न सक्छ
रुपको के मूल्य हुन्छ
म पशु भएको बेला
एक्लै तिमी नआऊ
म मात्तिएको बेला २
कही धर्म गर्ने निहुँमा
बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाँधी
अत्याचार नहुन पाओस्
मेरा कामनाहरुले
मलाई हराइदिन्छ
तिमीभन्दा तिम्रो यौवन
कही मन पराइदिन्छ
रक्षक मलाई नसम्झ
राक्षस भएको बेला
एक्लै तिमी नआऊ
म मात्तिएको बेला २

Saturday, December 7, 2013

एउटा मान्छेको

स्वर : नारायण गोपाल
रचना : चाँदनी शाह


एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा २
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
शिशिर यामको जाडोमा पनि २
फुल्दछ फूल मुस्कानको
अध्यारो औंशीको रातमा पनि बल्दछ दियो विश्‍वासको
नयनभरिको आशुमा पनि २
बसको हुन्छ तस्विर त्यो
हृदयभरिको चोटमा पनि लुकेको मायालु त्यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
बिछोड हुँदाको दुःखमा पनि २
भरोसा हुन्छ मिलनको
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ सहाराको
मायालु बिनाको हुँदो हो कति २
उराठ लाग्दो संसार यो
पिरती बिनाको हुँदो हो कति
निराश एक्लो सम्झना यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

Friday, December 6, 2013

जीवन भनूँ त घात छ

स्व्र: भक्तराज आचार्य


जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति २
हर गीतमा चित्कार छ चित्कार छ
जीवन भनूँ त घात छ
न बास छ न आश छ मान्छेहरु कै त्रास छ २
जहाँ म खोज्छु उठूँ भनेर त्यही असारे भास छ
जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति २
हर गीतमा चित्कार छ चित्कार छ
अध्यारो छ ओरालो छ खेद्‍नेहरुकै लाम छ २
चर्किसके चाहाना सबै दुख्‍ने मुटु चाहि बाँकी छ
जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति २
हर गीतमा चित्कार छ चित्कार छ
वन भनूँ त घात छ

Thursday, December 5, 2013

तिमीलाई भुल्दा

स्वर : नारायण गोपाल


तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झें तिमी साथ आयौ
कुनै चिज मीठो म खोजी रहेथें
म सोची रहेथें तिमी याद आयौ
तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झें तिमी साथ आयौ
उज्यालो बढे झैं भयो आज झन झन २
उज्यालो त मुस्कानले बढ्छ भन्छन्
कि मैलाई सम्झी तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो
कुनै चिज मीठो म खोजी रहेथें
म सोची रहेथें तिमी याद आयौ
तिमीले पनि सम्झेकी भए लौ २
चुम्यौ चाहानाले अझै मन परायौ
मलाई भुलेकी भए के भनूँ खै
तिमी हर्ष आयौ कि बिस्मात आयो
कुनै चिज मीठो म खोजी रहेथें
म सोची रहेथें तिमी याद आयौ
तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झें तिमी साथ आयौ

Wednesday, December 4, 2013

म त लाली गुँरास भएछु

स्वर : नारायण गोपाल
शब्द : क्षेत्रप्रताप अधिकारी


म त लाली गुँरास भएछु २
वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु २
म त लाली गुँरास भएछु
(फाँटहरुले कस्लाई पुग्छ
भीरमा पनि फुलिदिन्छु) २
खुशी मात्र कहाँ हुन्छ २
पीरमा पनि फुलिदिन्छु
म त लाली गुँरास भएछु २
(हेरिदिने कोही भैदिए
नानीभित्र फुलिदिन्छु) २
लाइदिने कोही भैदिए २
सिउदोभरि फुलिदिन्छु
म त लाली गुँरास भएछु २
वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु २
म त लाली गुँरास भएछु

Tuesday, December 3, 2013

तिम्रो जस्तो मुटु

स्वर : नारायण गोपाल
शब्द: गोपाल योन्जन सङ्गीत: कर्म योन्जन


तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निठुरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि
तिमीलाई अंगाली कता कता
बही जाने धोको मेरो पनि
तर पाउमा दस्तुरको
तिम्रो जस्तो कलि मेरो पनि
दुई प्राण एक नभए पनि
तिमीसितै बाच्छ मेरो पनि
नबोलाऊ मलाई निठुरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि
देवता त होइन म पनि
धेरै कम्जोरी छ मेरो पनि
पीर वेदना तिम्रो जति
त्यति नै त छाया मेरो पनि
रातमा रोएछौ तिमी पनि
तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निठुरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि

म मुर्दा भएको

स्वर : नारायण गोपाल

(जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर २) २

यहाँ ढुङ्गाहरु गर्छ ईश्‍वरको अभिनय
यहाँ कुकुरहरु पनि गर्छ मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने
यो परिभाषा आज च्यातिएको हेर
म मुर्दा भएको तिमी आज हेर

कति सस्तो जीवन कति सस्तो मान्छे
जता ततै देख्छु मान्छेमाथि मान्छे
सयौं पेट मारी म अघाउने मान्छे
अबलालाई दुख्दा म रमाउने मान्छे

ढाके र काटे यो कालो मुटुलाई
म जन्मेकै भेषमा मलाई आज हेर
म मुर्दा भएको तिमी आज हेर

झर्‍यो जिन्दगी

स्वर : नारायण गोपाल

(झर्‍यो जिन्दगी फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी)
झर्‍यो जिन्दगी फुट्यो जिन्दगी
(काँडामा हाँसेको मीठो जिन्दगी
सपनीमा नाँचेको झुठो जिन्दगी)
रहरको दहमा डुब्यो जिन्दगी
झर्‍यो जिन्दगी फुट्यो जिन्दगी
(पीरले भरेको खाली जिन्दगी
पिरतीले रुवाएको प्यारो जिन्दगी)
आज आफ्नै छातीमा दुख्यो जिन्दगी
झर्‍यो जिन्दगी फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी
झर्‍यो जिन्दगी फुट्यो जिन्दगी

Sunday, December 1, 2013

सधै नै म हाँसे

स्वर : नारायण गोपाल

सधै नै म हाँसें तिमीलाई रुवाई
आज सारा खुशी म दिन तयार छु
तिम्रा पीरहरु ती केही मेटिएला
जुनीभरको लागि म लिन तयार छु
सधै नै म हाँसें तिमीलाई रुवाई
आज सारा खुशी म दिन तयार छु
कहाँ मेरो भाग्य तिमीलाई पाउने २
तर बाचुन्जेल यहाँ घात गर्ने छैन
तिमी हाँसीदेऊ यो आट नै लिएर
कुनै दिन म तिम्रो साथ छोड्ने छैन
सधै नै म हाँसें तिमीलाई रुवाई
आज सारा खुशी म दिन तयार छु
कहाँ मेरो हक छ तिमीलाई टिठाउने २
तर मृत्युसम्म गल्हत्याउने छैन
तिमी बाँचीदेऊ तिमी नै भएर
अरु धेर मलाई केही चाहिदैन
सधै नै म हाँसें तिमीलाई रुवाई
आज सारा खुशी म दिन तयार छु
तिम्रा पीरहरु ती केही मेटिएला
जुनीभरको लागि म लिन तयार छु
सधै नै म हाँसें तिमीलाई रुवाई

आज सारा खुशी म दिन तयार छु

Monday, November 25, 2013

सबैले भन्थे

स्वर : अरुणा लामा

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आशुमा म फूलें २
म आफैं भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलें २
सुन्दछु मेरो यै धर्तीभित्र आफ्नै छ रगत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्‍नेले भन्थे उडेर एक दिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलें २
न घर मेरो न वन मेरो यै मनले म एक्लो
मुहार मेरो सबैको जस्तो आशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एक दिन सागर पुग्छु
दिनले हजुर खोलामै म सुकें २

जति चोट

स्वर : भक्तराज आचार्य

जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचेर राख्‍ने छु
जति आशु दिन्छौ देउ मायालु दुई आखाबाट झार्नेछु
जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचेर राख्‍ने छु

मुटुमा फुलेको विश्‍वासको फूल विवशताको हुरीले झारिदिएछ २
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठीकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु
जति आशु दिन्छौ देउ मायालु दुई आखाबाट झार्नेछु
जति चोट

बिछोडको घाउमा खाटा नबस्दै तिम्ले फेरि बद्‍नाम गर्‍यौ २
मेरो जीवनमा बहार आउने सारा मुहानहरु थुनिदियौ
ठीकै छ मायालु म जीवनभरि नै उजाड भएर बाँच्नेछु
जति आशु दिन्छौ देउ मायालु दुई आखाबाट झार्नेछु
जति चोट

जहाँ छन् बुद्धका आँखा

स्वर/सङ्गीत : भक्तराज आचार्य
शब्द : बमबहादुर थापा जिताली

जहाँ छन् बुद्धका आँखा
स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ
मेरो देश कता कता
छल्किन्छ ममता मेरो
भाव गंगा जता तता

जहाँ छन् बुद्धका आँखा

(माया नेपालको लाग्छ
नेपाली इतिहासको) २
माया प्रकृतिको लाग्छ
कला भाषा र भेषको
पुर्खाको मंत्र यो जप्छु
चौतारीमा बसी
जननी जन्म भूमिश्‍च
स्वर्गादपि गरियसी

जहाँ छन् बुद्धका आँखा

(छ ठूलो चाहाना मेरो
आमालाई हसाउने) २
सर्वोच्च शिखरबाट
विश्‍व शान्ति चिनाउने
यै प्यारो मृत्तिकामाथि
पौरखी बनीकन
पार्छु यो चाहाना पूरा
गरी देह समर्पण

जहाँ छन् बुद्धका आँखा
स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ
मेरो देश कता कता
छल्किन्छ ममता मेरो
भाव गंगा जता तता

जहाँ छन् बुद्धका आँखा