Wednesday, March 5, 2014

यो मुटुलाई

स्वर : नारायण गोपाल


यो मुटुलाई कसरी सम्झाइ बुझाऊ २
पीर यो जिन्दगानीको सहारा एउटै भयो हो
यो मुटुलाई कसरी सम्झाइ बुझाऊ

बिरानो यो रात सम्झना दोह्राइ जाने हो
दुई मुठ्ठी यो सास कैले छोडी जाने हो
पीर यो जिन्दगानीको सहारा एउटै भयो हो
यो मुटुलाई कसरी सम्झाइ बुझाऊ

कस्तो झुठो आसा त्यसै लागिरन्छ
बिपना त्यो जस्तो सपना छोजिरन्छ
पीर यो जिन्दगानीको सहारा एउटै भयो हो
यो मुटुलाई कसरी सम्झाइ बुझाऊ

जति भुलूँ भन्छु झन् झन् याद आउछ
छातीभित्र सधै कस्तो ज्वाला जल्छ
पीर यो जिन्दगानीको सहारा एउटै भयो हो
यो मुटुलाई कसरी सम्झाइ बुझाऊ
यो ...

No comments:

Post a Comment