Tuesday, March 18, 2014

बहारसँगै

स्वर: सुनिती अधिकारी



बहारसँगै उड्यो मन किन थाम्दैन २
पल पल तिम्रो याद आयो २
यो मन मान्दैन
बहारसँगै उड्यो मन किन थाम्दैन
चाँदनी रातमा जूनको किरण सरि
तिमी आई न्यानो स्पर्श देऊ
संगीतको मधुरो संगम बनी
जीवनमा राग नयाँ सजाउ
पल पल तिम्रो याद आयो २
यो मन मान्दैन
बहारसँगै उड्यो मन किन थाम्दैन
सागर झै गहिरो नदी झै कलकल
तिम्रो माया बग्यो प्रीत बनी
हरियाली मौसम रिमझिम वर्षा भई आयो
बसन्त ऋतु बनी
पल पल तिम्रो याद आयो २
यो मन मान्दैन
बहारसँगै उड्यो मन किन थाम्दैन २
पल पल तिम्रो याद आयो २
यो मन मान्दैन
बहारसँगै उड्यो मन किन थाम्दैन

No comments:

Post a Comment