Wednesday, March 5, 2014

मेरो आखालाई राख्‍ने


स्वर: नारायण गोपाल


मेरो आखालाई राख्‍ने फूलबारी छैन
तिम्रो मुहारमा राखूँ कि
मेरो बतासलाई बाध्ने सुगन्ध छैन
तिम्रो निश्वासमा बाधूँ कि
पहाड‌ भन कि मधेस फाँट
घुमेकै म पनि
बैशाख भन कि पानीको रिमझिम
रुझेकै म पनि
त्यसरी पनि जीवन झुल्छ
जसरी फुल्छ वन
बाड्नलाई बाँकी रहेन केही
बाँकी छ यही मन २
मेरो यै मनलाई राख्‍ने घुम्तीघर छैन
तिम्रो दोभानमा राखूँ कि
उदास भन कि खुसी भन कि
भएकै म पनि
राम्रा नराम्रा दुवै नै थरि
भएकै म पनि
जता नै पनि जोवन फुल्छ
जसरी फुल्छ फूल
मायालु मात्रै बेग्ला र बेग्लै
मायाको एउटै फूल २
मेरो मायालाई राख्‍ने झ्यालखाना छैन
तिम्रो नजरमा राखूँ कि
मेरो आखालाई राख्‍ने

No comments:

Post a Comment