Saturday, February 1, 2014

आज मादल बजेको किन

स्वर/संगीत/शब्द : धर्म राज थापा


आज मादल बजेको किन
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२
सानु सानु रानी चरी लेकैबाट झर्‍यो
पल्ला गाउँको नौलो भाका पल्ला गाउँमा सर्‍यो
पर्देशीले खोला तर्‍यो हुँदै दोभानीमा
बैंश चढ्यो लालुपाते फूलको जवानीमा
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२
रातो सेतो गुराँसी त लेकैमाथि फुल्यो
सात रङ्गी इन्द्रेणीको नयाँ बाटो खुल्यो
घाम गए पर परै छाया खसालेर
माया फर्क्यो वर वरै प्रीति अंगालेर
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२
पात झर्‍यो फूल छैन गोलैचीको रुख
मुस्कान मर्‍यो आशु छैन अधेरै छ मुख
खन्याएर सकिदैन हृदयको रस
मेरो राजै यो देशको माया गरी बस
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)२
मोहनीले घरको माया पर लान हैन
दुःख सुख झन्झटले भागी जान हैन
अर्कैको भाग्यतिर लोभिएर हैन
इष्ट मित्र बन्धुसित तोडिएर हैन
(आज मादल बजेको किन
गाउँ घर दुनिया बिउँझाउन)३

No comments:

Post a Comment