Wednesday, February 26, 2014

म रोएँ पनि

स्वर : अरुण थापा


म रोएँ पनि तिमी हाँसिदिनु २
यो झरिजाने जिन्दगीदेखि पन्छिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु
(कैलेकाही ती मिलनका यादहरु आए भने
सपना सम्झी त्यसलाई बिर्सिदिनु) २
(म त यस्तै नै भए त्यसै सस्तो भए
तिमी मूल्यवान् बनिदिनु) २
म रोएँ पनि तिमी हाँसिदिनु
(कतै ती बेहोसिएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु) २
(संजोग हाम्रो बिझाउने भुल भए
त्यसमा नगहिरिदिनु) २
म रोएँ पनि तिमी हाँसिदिनु
यो झरिजाने जिन्दगीदेखि पन्छिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु

No comments:

Post a Comment