Saturday, February 15, 2014

चिठ्ठी तिमीलाई

स्वर : शम्भु राई


चिठ्ठी तिमीलाई लेखूँ भन्छु मनको कुरा मनमै रह्यो २
सम्झनाले सताइरह्यो यो आखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो
चिठ्ठी तिमीलाई लेखूँ भन्छु मनको कुरा मनमै रह्यो
मनको कथा लेखूँ भने अधुरो नै रहन्छ कि २
यो आखाले टोलाइरहे बादल आई छेकिन्छ कि
कुन शब्दले लेखूँ त्यस्तो नबिझाउने काँडा जस्तो
चन्द्रमा झै मुस्कान तिम्रो
चिठ्ठी तिमीलाई लेखूँ भन्छु मनको कुरा मनमै रह्यो
फूल टिपी दिऊ भने शिरमा नलाई ओइलिन्छ कि
माया भनी बोलाउ भने गाली कतै पाइन्छ कि
मनमा के छ कुरा तिम्रो बोलाऊ भने छैन साइनो
मनको कुरा मनमै रह्यो
चिठ्ठी तिमीलाई लेखूँ भन्छु मनको कुरा मनमै रह्यो
सम्झनाले सताइरह्यो यो आखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो ४

No comments:

Post a Comment