Wednesday, January 22, 2014

बिस्तारै छायो

कर्णदास

बिस्तारै छायो आखामा अध्यारो - आवाज मधुरो २
सुस्तरी सास हुँदै थियो फितलो २
आशुको ओइरो २
बिस्तारै छायो आखामा अध्यारो - आवाज मधुरो
लिन मलाई कोही आइरहेछ - हात बढाइरहेछ २
सधै सधैको लागि अर्कै लोकमा बोलाइरहेछ
कहाँ जादैछुँ कोसँग जादैछुँ सम्बन्ध गहिरो २
बिस्तारै छायो आखामा अध्यारो - आवाज मधुरो
चिच्याउन मन भइरहेछ बोली बिलाइरहेछ २
पल पल यो क्षणहरु यही कही हराइरहेछ
कहाँ पुग्दैछु कोसँग भेट्दैछु धुम्म छ कुहिरो २
बिस्तारै छायो आखामा अध्यारो - आवाज मधुरो २
सुस्तरी सास हुँदै थियो फितलो २
आशुको ओइरो २

No comments:

Post a Comment