Friday, February 7, 2014

प्रतिक्षा गर मेरी मायालु

स्वर : दिपक खरेल


प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ २
कहिले हसाउँछ कहिले रुवाउँछ
आशु र हासोको संगम पनि गराउँछ
पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर २
झस्कन्छन् कति सपनासँग २
विपना हो कि भनेर २
धैर्य गर मेरी प्रयसी
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ
उर्लन्छन् कति खोलाहरु फर्किने आशा लिएर २
तर्सन्छन् कति प्रेमीसँग २
धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ
कहिले हसाउँछ कहिले रुवाउँछ
आशु र हासोको संगम पनि गराउँछ
प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ

No comments:

Post a Comment