Saturday, February 15, 2014

नआऊ जुन

स्वर : मानिक रत्‍न


नआऊ जुन कोठामा राति मसँग लडिन
कसैको भइसकेको मन सक्दैन बाँडिन
सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी
तर दिऊ कसरी कसैको नासो म्वाइको निशानी
हुर्कन्न माया छातीमा रोपेर मुस्कानले गोडेर
स्वर्गमै जाऊ मलाई पछ्याउन छोडेर
नजिन सर्दै सर्दै नआऊ मसँग टाँसिन
उजेली बन्दै अधेरी बन्दै लुकामारी खेलेर
नखोज भाड्न मनको शान्ति नर्लज्ज चलेर
म श्‍वास पनि उनकै फर्छु बिउँझदा निदाउँदा
प्रेमको हत्या कसरी गरुँ तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआऊ जुन कोठामा राति मसँग लडिन

No comments:

Post a Comment