Wednesday, February 26, 2014

गाजलुले आखै छोप्ने

हिमालयन ब्यान्ड


(गाजलुले आखै छोप्ने
क्ये राम्री मेरी मायालु
वैशले चटक्क पारेकी) २
(बादलुलाई छुन खोज्ने
जुनकेरी हुन खोज्ने
अन्धेरीलाई जित्‍न खोज्ने) २
मायालुको बाटो हेर्दै
पिरतीको माला बुनी
पहिराउन कसरी जाने हो
ढाका सारी पाइताला छेक्ने
क्ये राम्री मेरी मायालु
पहाडमा खेलेर हुर्केकी
गाजलुले आखै छोप्ने
क्ये राम्री मेरी मायालु
वैशले चटक्क पारेकी
(व्यथै टाढा नजाउ हजुर
माया छाडी नजाउ हजुर
मायालुले भन्छ मलाई) २
अंगालोमा बसेर मीठो हाँसो हासेर
लैजाउ साथ भन्छ नि मलाई
रातो लाछीले कपाल बाटी
क्ये राम्री मेरी मायालु
मेरै निम्ति मात्र हो हासेकी
गाजलुले आखै छोप्ने
क्ये राम्री मेरी मायालु
वैशले चटक्क पारेकी
पहाडमा खेलेर हुर्केकी

मेरै निम्ति मात्र हो हासेकी

No comments:

Post a Comment