Thursday, February 13, 2014

जन्मिदा एक्लै

स्वर : कर्णदास



जन्मिदा एक्लै मर्दा नि एक्लै २
बीचमा किन साथी चाहियो र
साथी साथी भन्दा भन्दै
भने जस्तो साथी नै कहाँ पाइयो र
जन्मिदा एक्लै मर्दा नि एक्लै
जहाँ चोट लाग्दा पनि
मन खुलाई रुन सकिन्न
मुटुले कसैको मुटु छुन सकिन्न
त्यहाँ चोटको अर्थ खोज्न नसकिने भो
हुँदा साथको एक्लोपन रोज्न नसकिने भो
जन्मिदा एक्लै मर्दा नि एक्लै
जहाँ सत्य लुकाएर झुठको साथ लिनु पर्छ
जीवनको परिभाषा अभिनयमा दिनुपर्छ
यो झुठको जीवनमा हास्न नसकिने भो
नाम मात्रको आसमा बाच्न नसकिने भो
जन्मिदा एक्लै मर्दा नि एक्लै २
बीचमा किन साथी चाहियो र
साथी साथी भन्दा भन्दै
भने जस्तो साथी नै कहाँ पाइयो र
जन्मिदा एक्लै मर्दा नि एक्लै

No comments:

Post a Comment