Wednesday, February 12, 2014

एक्लो रातले बताउँछ

स्वर : कर्णदास


एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी २
चिसो रातले बताउँछ कस्तो हुन्छ विधवाको बिरानी
एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी
झुपडीलाई न्यानो पार्ने कसोरी उर्लिआउने सिरेटोले भनिदिन्छ २
पाइला चल्दैछ किन कही पुग्दैन नटुङ्गिने गोरेटो भनिदिन्छ २
छोटो रातले बताउँछ किन झुल्किन्छ गरिबको बिहानी
चिसो रातले बताउँछ कस्तो हुन्छ विधवाको बिरानी
एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी
न्यौली कहाँ गयो कोइली किन बोल्दैन शहरको कोलाहलले भनिदिन्छ २
मान्छे के भयो किन कोही हाँस्दैन फर्फराउने झण्डाहरु बोलिदिन्छ २
शून्य रातले बताउँछ एउटै भो हैन सपनी र खरानी
चिसो रातले बताउँछ कस्तो हुन्छ विधवाको बिरानी
एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी २

No comments:

Post a Comment