Sunday, January 19, 2014

बनेको छ पहराले

गोपाल योञ्जन


बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो २

(खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न) २
घोटिएर हात पाउ झरिजाउन नौला
तर कोही अगाडि यी हात जोडिन्न
यी हात जोडिन्न

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो २

(म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्न) २
मेरो शिर उडाऊ बरु त्यो सहन्छु
तर कोही परायाले टेके सहन्न
टेके सहन्न

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो २

No comments:

Post a Comment