Sunday, January 12, 2014

झिरमा उनिनु

स्वर : दीप श्रेष्ठ
एल्बम : दृष्टि


(झिरमा उनिनु त्यो एउटा कुरा पीरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कस्को छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा) २
झिरमा उनिनु त्यो एउटा कुरा
मैले कहाँ भने र पीरै पीर भो भनेर २
तल तल खस्दा पनि भीरै भीर भो भनेर
कराएरै जन्मे २
चुपचाप मरुँला जति सुकै चलोस् मनमा छुरा
झिरमा उनिनु त्यो एउटा कुरा
भाग्य कहाँ खसेर अन्धकार नै भएछ २
झुकी झुकी बोल्दा पनि अहंकार भैगएछ
हराएरै गए २
चुपचाप बसुँला जति सुकै खेलोस् मनमा कुरा
झिरमा उनिनु त्यो एउटा कुरा पीरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कस्को छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा
झिरमा उनिनु त्यो एउटा कुरा

No comments:

Post a Comment