Tuesday, January 7, 2014

असारै मैनामा

छुज्जङ डुक्पा


असारै मैनामा पानी पर्‍यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्थिन है मैच्याङले रुदै बरर
नौ डाँडा पारि छ कम्पनी शहर
बिछोडको बेलैमा २

मनै बराल्ने न्याउलको बोली २
यै बेला मैच्याङ के गर्दै होली २
पिंढीमा बसेर के के कुरा गम्दी हो
कहिले हास्दी हो कहिले रुदी हो
मलाई नै सम्झेर २

छङ छङ बग्ने खहरे खोला २
अब त छोरा कुद्‍ने भो होला २
दिनभरि खेल्दो हो मलाई नै भुल्दो हो
साँझ परे पछि आमालाई सोध्दो हो
खोई बाबा भनेर २

असारै मैनामा पानी पर्‍यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्थिन है मैच्याङले रुदै बरर
नौ डाँडा पारि छ कम्पनी शहर
बिछोडको बेलैमा २

No comments:

Post a Comment