Sunday, January 19, 2014

एउटै बाटो

दीप श्रेष्ठ
रचना : रमन घिमिरे
एल्बम : श्रृखला


एउटै बाटो सधै भेटघाट भइरहँदा
मुस्कानहरु साटिएछन् देखिरहँदा
हो कुन बिन्दुमा मन खुले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
हो कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
एउटै बाटो सधै भेटघाट भइरहँदा

(कैले घुइचो कैले हल्ला कैले एकान्त
कैले खुशी कैले सुर्ता कैले अशान्त) २
बाढ्दा बाढ्दै एक अर्कामा संकोच रहेन
यस्तै घडी कहाँ मिल्यौं थाहै भएन
हो यस्तै घडी कहाँ मिल्यौं थाहै भएन
एउटै बाटो सधै भेटघाट भइरहँदा

(भीडले एक्लो पार्दा पार्दै नजिक भएछौं
शायद विश्‍वास खोज्दा खोज्दै आफ्नो भएछौं) २
तिमीसित भेटे पछि पीरै रहेन
कति छिटो खुशी झुले थाहै भएन
हो कति छिटो खुशी झुले थाहै भएन

एउटै बाटो सधै भेटघाट भइरहँदा
मुस्कानहरु साटिएछन् देखिरहँदा
हो कुन बिन्दुमा मन खुले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
हो कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन

No comments:

Post a Comment