Friday, January 17, 2014

मेरो आँखामा

दीप श्रेष्ठ


मेरो आँखामा भरदिन बादल छाइरह्यो
बिन्ति छ कसैले आँधी ल्याइदेऊ
मेरो छातीमा भररात रातले टेकिरह्यो
बिन्ति छ कसैले उज्यालो ल्याइदेऊ
मेरो आँखामा
(अन्धो छु म बाटो खोजी हिड्छु
आऊ कोही मलाई बाटो देखाऊ) २
मेरो आँखामा भरदिन बादल छाइरह्यो
बिन्ति छ कसैले आँधी ल्याइदेऊ
मेरो छातीमा भररात रातले टेकिरह्यो
बिन्ति छ कसैले उज्यालो ल्याइदेऊ
(बहिरो छु म केही सुन्ने रहर छ
आऊ कोही मलाई सहारा देऊ) २
मेरो आँखामा भरदिन बादल छाइरह्यो
बिन्ति छ कसैले आँधी ल्याइदेऊ
मेरो छातीमा भररात रातले टेकिरह्यो
बिन्ति छ कसैले उज्यालो ल्याइदेऊ
मेरो आँखामा

No comments:

Post a Comment