Sunday, December 8, 2013

एक्लै तिमी नआऊ

नारायण गोपाल

गल्ती हजार हुन्छन्
यहाँ होस हराएको बेला
एक्लै तिमी नआऊ
म मात्तिएको बेला २
मेरा यी हातहरुले
कही घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै
पाप पनि गर्न सक्छ
रुपको के मूल्य हुन्छ
म पशु भएको बेला
एक्लै तिमी नआऊ
म मात्तिएको बेला २
कही धर्म गर्ने निहुँमा
बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाँधी
अत्याचार नहुन पाओस्
मेरा कामनाहरुले
मलाई हराइदिन्छ
तिमीभन्दा तिम्रो यौवन
कही मन पराइदिन्छ
रक्षक मलाई नसम्झ
राक्षस भएको बेला
एक्लै तिमी नआऊ
म मात्तिएको बेला २

No comments:

Post a Comment