Wednesday, December 11, 2013

तिमी जुन रहरले

स्वर : नारायण गोपाल
शब्द : दिनेश अधिकारी
संगीत : दिव्य खालिङ

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधै चोट पायौ
म डुब्दो किनारा कहाँ हास्न सक्नु
व्यर्थै तिमीले मेरो हात समायौ
वैशालु ती तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरें
रक्ताम्य ती तिम्रा अधरहरुमा
न मैले कहिले खुशियाली पोतें
र शायद रिसायौ तिमीभित्र भित्रै
न भित्री ती तिम्रा खुल्दुली सोधें
रुझे हुन ती तिम्रा पलक र आखा
मसँग कहिले ईशारा नबोल्दै
रुखे हुन ती तिम्रा यौवन र भाखा
मसँग कहिले निश्‍वास नखोल्दै
र शायद सराप्यौ सधै वैंशलाई
जो शून्यतासँगै बिलाए म जस्तै
तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधै चोट पायौ

No comments:

Post a Comment