Saturday, December 14, 2013

पोहर साल

स्वर : अरुणा लामा
शब्द: राजेन्द्र थापा
सङ्गीत: अम्बर गुरुङ्ग



(पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यस पालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो) २

सास फेरे जस्तो लाग्छ तर भन्छन् मरिसके
तेरो भाग्य यत्ति नै हो भोग चलन गरिसकेस्
सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउथें बरु तर मन सिउने केले हो
सुख के हो दुःख के हो मनले खोज्ने खुशी के हो
भावीले निधारमा कर्म लेखिदिने मसी के हो
कर्म लेख्‍ने मसी के हो भाग्य तोक्ने कसी के हो
कर्म फुटे जोड्थें बरु तर मन जोड्ने केले हो

पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यस पालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो

No comments:

Post a Comment