Thursday, December 12, 2013

मन्दिरमा छ कि


स्वर : नारायण गोपाल

मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धुलोमा माया
कोही त देखाउ कोही त बताउ
खै कहाँ छ कहाँ कहाँ छ माया २
मन्दिरमा छ कि मूर्तिमा माया
(एक अंजुली मायाको लागि
पल पल हृदय चर्कन्छ) २
सावन र भदौं बनेर आखा २
वर्षौ वर्षौ बर्सन्छ २
हाँसोमा छ कि आसुमा माया
फूलमा छ कि काँडामा माया
कोही त देखाउ कोही त बताउ
खै कहाँ छ कहाँ कहाँ छ माया २
मन्दिरमा छ कि मूर्तिमा माया
एउटी आमा जिउदै जल्छे
छोराको माया ममतामा
एउटा छोरो मरेर बाँच्छ २
आमाको सपना विपनामा २
रगतमा छ कि नातामा माया
विश्‍वासमा छ कि बाचामा माया
कोही त देखाउ कोही त बताउ
खै कहाँ छ कहाँ कहाँ छ माया २

मन्दिरमा छ कि मूर्तिमा माया

No comments:

Post a Comment