Monday, November 25, 2013

जहाँ छन् बुद्धका आँखा

स्वर/सङ्गीत : भक्तराज आचार्य
शब्द : बमबहादुर थापा जिताली

जहाँ छन् बुद्धका आँखा
स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ
मेरो देश कता कता
छल्किन्छ ममता मेरो
भाव गंगा जता तता

जहाँ छन् बुद्धका आँखा

(माया नेपालको लाग्छ
नेपाली इतिहासको) २
माया प्रकृतिको लाग्छ
कला भाषा र भेषको
पुर्खाको मंत्र यो जप्छु
चौतारीमा बसी
जननी जन्म भूमिश्‍च
स्वर्गादपि गरियसी

जहाँ छन् बुद्धका आँखा

(छ ठूलो चाहाना मेरो
आमालाई हसाउने) २
सर्वोच्च शिखरबाट
विश्‍व शान्ति चिनाउने
यै प्यारो मृत्तिकामाथि
पौरखी बनीकन
पार्छु यो चाहाना पूरा
गरी देह समर्पण

जहाँ छन् बुद्धका आँखा
स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ
मेरो देश कता कता
छल्किन्छ ममता मेरो
भाव गंगा जता तता

जहाँ छन् बुद्धका आँखा

No comments:

Post a Comment