Sunday, October 19, 2014

साइलीरिमै

स्वर/संकलन: धर्मराज थापा

साइलीरिमै
साइलीरिमै चौरी गाई
झर्‍योरिमै मधुवनैमा
उकालीमा जाँदा जाँदै दाइने पर्यो बर २
वनमा एक्लै गाई चराउने (काँ हो तिम्रो घर)२

वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो २
बाह्रमासे फूलको सारी (मखमली चोलो) २

स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको २
कोई बोलेको माया लाग्ने (कोई त बिना कामको) २

हुक्का मेरो सानु सानु नली हात्ती हाडको २
यो त भाका ह्याँको हैन (पूर्वी पहाडको) २

No comments:

Post a Comment