Thursday, August 28, 2014

अल्झेछ क्यारे

शब्द: भूपि शेरचन
सङ्गीतः गोपाल योञ्जन
स्वर: नारायण गोपाल



अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा २
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

आउँछ कि चेली भनेर आमा दोबाटो धाइथी २
तीजमा पनि बिर्सेछ क्यारे गरिब माइती
सल्लाझैँ आमा सुसाइरहिन् २
एकलै कोठामा - अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

छोरीलाई आशिष् हाल्न पाइनन् अन्तिम कालैमा २
भन्थे नि बाबाले आँशु झारी टीकाको थालीमा
त्यही आँशु टीका पठाइदिऊँ कि २
प्रवासको पातैमा - अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

भन्थे नि दाइले भाइटिकामा बहिनी फर्केला २
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
दिनभरि काग कराइरह्यो २
बेलको ठुटामा - अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

No comments:

Post a Comment