Monday, March 31, 2014

कैले लहर कैले तरङ्ग

स्वर : अम्बर गुरुङ्ग


कैले लहर यो मनमा चल्छ
कैले आँधी चल्छ
आँखामा पानी किन भन त
मनमा आगो जब बल्छ
कैले तरङ्ग तालमा चल्छ
कैले नयनमा चल्छ
प्रश्‍नलाई पनि प्रश्‍न छ मेरो
भन पानी किन जल्छ
कैले लहर यो ...
जब जब मन यो सल्कन थाल्छ ३
हरियाली पनि जल्छ
सोचमा तिमी किन भन त २
जीवन जब दुई पल छ
कैले लहर यो ...
आँधी हुरी त चल्छ नै चल्छ ३
तर पनि दीयो चै जल्छ
भर अरुको किन भन त २
आफ्नै भर जब ढल्छ
कैले लहर यो मनमा चल्छ
कैले आँधी चल्छ
आँखामा पानी किन भन त
मनमा आगो जब बल्छ
कैले तरंङ्ग तालमा चल्छ
कैले नयनमा चल्छ
प्रश्‍नलाई पनि प्रश्‍न छ मेरो
भन पानी किन जल्छ
कैले लहर यो ...

No comments:

Post a Comment