Sunday, February 28, 2016

म अम्बर हुँ तिमी धर्ती

स्वर: अम्बर गुरुङ्ग


म अम्बर हुँ तिमी धर्ती
लाख चाहे पनि हाम्रो मिलन कहिल्यै नहोला
म अम्बर हुँ तिमी धर्ती

देखिन्छ दूर क्षितिजमा हाम्रो मधुम संगम २
आवेगले म झुक्दा तिमी उठेकी एकदम
तर न त छ त्यो क्षितिज न त त्यो मधुम संगम

म अम्बर हुँ तिमी धर्ती

युग युगको तृष्णा हाम्रो कहिल्यै न तृप्त होला २
युग युगकै गाथा हाम्रो धड्कन चिनिरहला
हाका पारेर पनि ज्वाला जलिरहला

म अम्बर हुँ तिमी धर्ती
लाख चाहे पनि हाम्रो मिलन कहिल्यै नहोला

Friday, November 6, 2015

यो कर्मभूमिको आँगनमा

स्वर: दिपक खरेल
रचना: राजेन्द्र रिजाल
संगीत: शम्भुजित बास्कोटा


यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन २
विकासको फूल फुलाउँ २

यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन २
विकासको फूल फुलाउँ २

विश्वास गर्छन् यहाँका मानिसहरू शब्दमा होइन कर्ममा २
विकासको लहर पुर्‍याउनु छ शहरमा होइन गाउँमा
गाउँ, गाउँमा २

यो शान्तिक्षेत्रको आँगनमा शान्तिको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन २
विकासको फूल फुलाउँ २

निर्माण गर्ने अपार शक्ति छ हामी नेपालीको पाखुरीमा २
देश भक्ति दौडिरहन्छ यही रगतको थोपामा
थोपा, थोपामा २

यो पुण्यभूमिको आँगनमा धर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन २
विकासको फूल फुलाउँ २

Saturday, July 25, 2015

नौ सय खोला

स्वर/संगीत: तारा देवी
शब्द: यादव खरेल


नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि २
नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दीयो जलाई बिर्सने पो हौ कि
नौ सय खोला

बादलले ढाके म रोइरहेछु भनि ठाने है २
बाडुल्की लागे म सम्झिरहेछु भनेर जाने है २
सम्झीरैछु सम्झीरैछु जाने है

नौसय खोला तरेर जाने
   बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि
नौसय खोला

बताल चले म छटपटाए भनेर सोचे चै २
घामले पोले म बिरामी भए भनेर जाने है २
सम्झीरैछु सम्झीरैछु जाने है

नौसय खोला तरेर जाने
   बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि
नौसय खोला

बिजुली चम्के म निद्रामै बुउझे भनेर बुझे है २
हिउँ नै परे म यही नै मरे भनेर बुझे है २
सम्झीरैछु सम्झीरैछु जाने है

नौसय खोला तरेर जाने
   बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि
नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दीयो जलाई बिर्सने पो हौ कि
नौसय खोला

Thursday, May 21, 2015

तान चलाउनु चर्खा काट्नु

स्वर/संगीत: नारायण गोपाल
शब्द: श्यामदास वैश्नव


अरुको भरमा पर्नु हुदैन आफ्नै भरमा जिउनु
दर्बिलो खुट्टा टेकि सबले गर्विलो आँखा पार्नु

रैतिहरूमा शीप बढ्यो भने देशको नसिब खुल्छ
हिमचुलीको सुन्तल घामझै हाम्रो देश बन्छ

(तान चलाउनु
चर्खा काट्नु
रुवो उमारी कपडा बुन्नु
आफ्नै नाँच र गानमा रम्नु -
स्वाभिमानी भै हिड्नु) २

नून दिई वा चुन दिई सुनले ढुकुटी भर्नु
सुन भनेको देशको धन हो त्यसको रक्षा गर्नु
हेर फिरङ्गी पस्लान् चुस्लान सबले रक्षा गर्नु

तान चलाउनु
चर्खा काट्नु
रुवो उमारी कपडा बुन्नु
आफ्नै नाँच र गानमा रम्नु -
स्वाभिमानी भै हिड्नु

तान चलाउनु चर्खा काट्नु २